usa

मेरो कित्ताबाट घरमै बसेर जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न सकिने |

सरकारले मेरो कित्ता कार्यक्रम

सुरु गरेको छ। आफ्नो जग्गा

धनीपुर्जा  कित्ता आफू बसेको

ठाउँबाट अनलाइन मार्फत हेर्न,

प्रिन्ट गर्न राजस्व तिर्न, सक्ने गरी

यो अनलाइन प्रणाली  सुरु भएको हो।

यो प्रणाली सुरु भएपछि अब

घर भवन निर्माण वा खरिद बिक्रि 

प्रयोजनका लागि जग्गा धनीले

नापी कार्यालय पुगेर  नक्सा

लिनुपर्ने तनाव लिनु नपर्ने भएको छ ।

Mero Kitta | मेरो कित्ताबाट घरमै बसेर जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न  सकिने | - YouTube

यस सेवा पहिलोचरणमा

काठमाडौँ उपत्यकामा नापी

कार्यालयहरुको बाट सुरु

हुँदैछ। यस अन्तर्गत काठमाडौं

उपत्यका डिल्लीबजार कलंकी र

भक्तपुरको कार्यालयबाट यो सेवा

लागू हुने विभागले जनाएको छ।

त्यसपछि क्रमशः देशबाट १२६

वटा कार्यालयबाट यस्तो सेवा प्रदान

गर्ने विभागका सूचना अधिकारी

दामोदर  ढकालले बताएका छन्।

मेरो कित्ता merokitta.dos.gov.np 

login गरेर यो सेवा लिन सकिन्छ।

नापी विभागको 'मेरो कित्ता' सार्वजनिक « Drishti News – Nepalese News Portal

विभागले पहिलो चरणमा

काठमाडौँ उपत्यकाका आठवटा

नापी कार्यालयमा यो सेवा

सुरु गर्न लागेको छ। यसका

लागि विभागले Nepal Land

Information System (NELIS )

प्रणाली तयार पारेको छ। येस मार्फत 

सेवाग्राहीले घरमै बसि Merokitta

अनलाइन सेवा प्रणालीबाट नक्सा प्रीन्ट फिल्ड बूक प्रीन्ट राजस्व भुक्तानी गर्न 

सक्नेछन्।

यस सेवा लिन सेवाग्राहीले

कुनैपनि Browser बाट मेरो कित्ता online login गर्नु पर्ने छ ।

सेवाग्राहीले आफ्नो नाम सम्पर्क

नम्बर जग्गाधनी पूजामा हुने 

किता नम्बर लगायत विवरणहरु

राख्नुपर्ने हुन्छ ।प्राप्त विवरणलाई

नापी कार्यालयले कारोवार गर्न

योग्य छ छैन भन्ने प्रमाणित गर्छ।

प्रमाणित भइसकेपछि मेरो

कित्ताको साइडमा सेवाग्राहीले

राखेको सम्पर्क नम्बरमा अनुरुप

पुरा भयो भन्ने सन्देश जान्छ।

त्यसपछि सेवाग्राहीले माहालेखाका

नियन्त्रकको कार्यालयमा

अनलाइन प्रणालीबाट राजश्व

भुक्तानी गर्न आवद्ध जुनसुकै

सेवाप्रदायक बाट राजस्व तिर्न

सक्छन्।

यो सुविधा सँगै घर बनाउन

बैंकबाट कर्जा लिन वा जग्गा 

धनीको कुनै व्यक्तिगत

प्रयोजनका लागि घरमै बसि

दिजिटल नक्सा प्राप्त गर्न सकिन्छ।

 

Comments

No Comments yet....

Leave a comment