usa

आम्दानी सही नहुनु - आम्दानी भन्दा खर्च धेरै हुनु - पैसाको सही बचत गर्न नसक्नु (वास्तु दोष)?

वास्तुशास्त्र सँग सम्बन्धित जस अन्तर्गत धर्म पैसा  नटिकने कारणको बारेमा बताउँदछु।

धर्म-संस्कृति चाडपर्व रीतिरिवाज व्रत उपासना ज्योतिष तथा वास्तु सँग सम्बन्धित शास्त्रीय प्रमाणहरुलाई आधार मानेर जानकारीहरु दिने गर्दछौं ।यदी यहाँहरु पनि यस्ता विषय वस्तुहरु सँग जानकारी लिन चाहनु हुन्छ भने हामीलाई comment मार्फत जिज्ञासा् राख्न सक्नुहुन्छ। विषयवस्तु  जीवन जीवनमा विभिन्न कारणले गर्दा पैसा नजोडिएको कारणहरु हुन सक्दछन् ।कतिको आम्दानी सही नहुनु -गरिबी - आम्दानी भन्दा खर्च धेरै हुनु - पैसाको सही बचत गर्न नसक्नु तथा - घरमा वास्तु दोष समस्याको कारणले गर्दा पैसा बचत नहुने समस्याको घर वास्तु दोष सँग सम्बन्धित समस्याहरूको उपायको बारेमा र के कस्ता कारणले ती समस्याहरू पैदा हुन्छन् त्यसको बारेमा यहाँ जानकारी गराउने छु।

सबैभन्दा पहिला यहाँहरुले दिशाको बारेमा बुझ्नुहोस् ।

  1. पूर्व
  2. पश्चिम
  3. उत्तर
  4. दक्षिण  त्यसपछि चारवटा कोणहरु
  5. इशान
  6. आग्नेय
  7. नैऋत्य 
  8. वायव्य र त्यसपछि
  9. उर्ध्व
  10. अध्ह 

यी 10 ओटा दिशा हुन्छन्।

  1. North (Uttar)
  2. East (Purva)
  3. West (Paschim)
  4. South (Dakshin)
  5. North-East (lshaanya)
  6. South-East (Aagneya)
  7. North-West (wayavya)
  8. South-West (Nairutya)
  9. Hell 
  10. Heaven
  • पूर्व दिशा सूर्य ग्रहको दिशा  हो।
  • पश्चिम दिशा शनिग्रहको दीशा हो।
  • उत्तर दिशा बुध ग्रहको दिशा  हो।
  • दक्षिण दिशा मंगलग्रहको दिशा हो।
  • यसैगरी ईशान कोणको प्रतिनिधित्व बृहस्पति ग्रहले गर्दछ।
  • आग्नेय कोण को प्रतिनिधित्व शुक्र ग्रहले  गर्दछ।
  • नैऋत्य प्रतिनिधित्व राहु ग्रहले गर्दछ र वायव्य कोण प्रतिनिधित्व चन्द्रमाले गर्दछ।

File:Compass Rose English North.svg - Wikimedia Commons

  1. पूर्व दिशा सूर्य भगवानको दीशा हो। 
  2. पश्चिम शनिदेवको दीशा हो। 
  3. दक्षिण यमराज को दिशा हो।
  4. उत्तर दिशा कुबेर भवनको दीशा हो। 

वास्तु पुरुषको मुखको भाग इशान कोणमा पर्दछ र मलद्वारको भाग नैऋत्य कोणमा पर्दछ। अब बुझौंकि यदि हजुरहरुको घरमा नैऋत्य कोणमा दरार, सेफ ,अलमारी जस्ता धन संग्रह गर्ने वस्तु राख्नुभएको छ भनेदेखि हजुरको अनावश्यकरूपमा धनाहानि हुने निश्चित छ। किनकी त्यो खेर जाने ठाउँ हो । नैऋत्य कोण वस्तु पुरुषको मलद्वारको क्षेत्र हो भने।  मलद्वारको क्षेत्र भनेको जाने ठाउँ हो। हजुरले यसरी बुझ्नुस् कि खेरजाने ठाउँमा  संग्रह गर्ने वस्तु राखियो भने धन पनि त्यसरी नै खेर जान्छ। 

यदि हजुरहरु ले नैऋत्य कोणमा दरार-सेफ-अलमारी जस्ता वस्तु राखेर धन संग्रह गर्दैहुनुहुन्छ भने त्यस स्थानमा राखेका धनहरु चोरीको कारणले दकैडीको कारणले, स्वास्थ्यको कारणले, अनावश्यक खर्चको कारणले गर्दा खेर खर्च हुने निश्चितप्राय छ। हजुरले दरार -सेफ अलमारी जस्ता दन संग्रह गर्ने वस्तुहरु राख्दा उत्तर दिशामा येसरी रख्नुसकि जस्लै खोल्दा त्यसको उत्तर दिशामा नै मुख परोस। यदी हजुर ले उत्तर दिशामा दराज  सेफ जस्ता वस्तुहरु राखेपनि खोल्दा खेरि दक्षिण दिशा पट्टी मुख परे भने त्यसमा धनहानि हुने निश्चित हुन्छ।

  • किनकि दक्षिण दिशा भनेको यमराज को दिशा हो।

Lord Yama ,Yamraj ,Lord Yamaraj,Yama God - AstroVed.com

  • उत्तर  दिशा कुबेर भगवान दानको देवता हो।

Kuber Mantra And Aarti: While worshiping Kubera God on Diwali, definitely  read mantras and aarti – Granthshala News

धनको मालिक यदि हजुरहरुले उत्तर दिशा पट्टी ढोका खुल्ने गरी दराज अलमारी जस्ता वास्तुहरु राख्नुभयो भने भगवान  कुबेरको अथाह रुपमा धन सम्पत्ति यहाँहरुले संग्रह गर्न सक्नुहुन्छ।

हजुरहरुले आजको याद राख्नु पर्ने विषयहरु

  1. पहिलो आफ्नो घरको दराज उत्तर दिशामा राख्नुस् र त्यसलाई खोल्दा उत्तर तर्फनै खुलोस् जसकारण कुबेर भगवान को अपार आशीर्वाद मिलोस 
  2. यसपछि गर्नुपर्ने दोस्रो विषय रहेको छ नैऋत्य कोणमा धन संग्रह गर्ने वस्तुहरु राख्दै नराख्नुहोस् यदि राखीहालेमा भयंकर रुपमा धन हानि हुनेछ।

 सबै बस्तुको सही समयमा सही स्थानमा राखेमा त्यसबाट पूर्ण लाभ मिल्दछ।

 

आजको यो प्रस्तुति यहाँहरुलाई कस्तो लाग्यो कृपया कमेन्ट मार्फत जानकारी प्रदान गर्न सक्नु हुनेछ।यस्तै ज्योतिष सँग सम्बन्धित अथवा वास्तु सँग सम्बन्धित केही जिज्ञासाहरू,सल्लाहहरु भए हामीले comments मार्फत राख्न सक्नुहुन्छ।

Comments

No Comments yet....

Leave a comment